संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीहरुलाई बन्द÷हडताल गर्न पूर्ण रुपमा प्रतिबन्ध गराउने चेतावनी दिएका छन्।
आइतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले इमानदार भएर जनताको सेवा नगर्ने कर्मचारीलाई राज्यले दण्डित गर्ने बताएका हुन्।
मन्त्री पण्डितले बन्द÷हडताल गर्ने कर्मचारीलाई उनीहरुले गरेको गल्तीको आधारमा कडा दण्ड सजायको व्यवस्था हुने पनि स्पष्ट पारे।
मन्त्री पण्डितले ट्रेड युनियनमा आबद्ध हुने कर्मचारीहरुले डयूटी नगरे पनि हुने मान्यता सरकारलाई स्वीकार्य नहुने पनि दोहो¥याए।
मन्त्री पण्डितले ट्रेड युनियनमा आबद्ध पदाधिकारीहरुको मर्यादाक्रम विशिष्ट श्रेणीको कर्मचारीसरह हुनुपर्ने माग जायज नभएको पनि बताए।
3
Shares
प्रतिक्रिया