भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले आज (मंगलबार) सार्वजनिक बिदा दिएको छ।
शंखधर शाख्वा दिवस मनाउन नगरपालिकाले आज एक दिन सार्वजनिक बिदा दिएको हो।
नगरपालिकाका प्रशासकीय अधिकृत धनकृष्ण श्रेष्ठले जारी गरेको सूचनाअनुसार आज वडा नं। ४ मा शङ्खधर सामुदायिक भवन उद्घाटनका साथै शङ्खधर शाख्वा दिवस पनि मनाउने कार्यक्रम छ।
यही सन्दर्भमा मंसिर ३ गते निर्णयानुसार नगरपालिका कार्यालय र अन्तर्गतका वडा कार्यालयमा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ।
प्रतिक्रिया