ad ad

राजनीति


बाइडेन भन्छन् : अमेरिका फेरि विश्वको नेतृत्व गर्नेगरी लयमा आयो

बाइडेन भन्छन् : अमेरिका फेरि विश्वको नेतृत्व गर्नेगरी लयमा आयो

नेपालखबर
मंसिर १०, २०७७ बुधबार ७:३,

राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी हारलाई स्वीकार गर्ने र बाइडेनको संक्रमणकालीन टोलीलाई सहयोग गर्ने बताएपछि बाइडेनले अमेरिका फेरि लयमा फर्किएको बताएका हुन्।

 सत्ता सम्हाल्ने तयारीका साथ सरकारको महत्त्वपूर्ण छ वटा पदमा टोली घोषणा गर्दै बाइडेनले भनेका छन्,‘विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आएको छ।’

आफ्नो मन्त्रिपरिषद्‍मा रहने मुख्य व्यक्तिहरूको घोषणा गर्दै उक्त समूहले अमेरिकालाई पुनः एकताबद्ध गराउने बाइडेनको भनाइ छ।

बाइडेनले एभ्रिल हेन्सलाई डिरेक्टर अफ न्याश्नल इन्टेलिजेन्स बनाउने बताएका छन् भने अलेहान्ड्रो मयोर्कसलाई होमल्याण्ड सिक्युरिटीको जिम्मा दिने भएका छन्।

बाइडनले विदेशमन्त्रीको जिम्मेवारी दिने गरी मनोनित गरेका टोनी ब्लिन्कनले अमेरिका विश्व मञ्चमा विश्वासका साथ र मानवीय दुवै किसिमले प्रस्तुत हुनुपर्ने आवश्वकता रहेको बताएका छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रियामा सहमति जनाएका छन् र सँगै बाइडनले उच्च तहको गोप्य गुप्तचरी सूचना नियमित रूपमा प्राप्त गर्ने छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .