ad ad

समाज


बालिका हत्या प्रकरण : पूर्व–पश्चिम राजमार्ग बन्दले यात्रुलाई सास्ती

बालिका हत्या प्रकरण : पूर्व–पश्चिम राजमार्ग बन्दले यात्रुलाई सास्ती

शैलेन्द्र महतो
मंसिर १०, २०७७ बुधबार ७:१२,

महोत्तरीको बर्दिबासमा दुई दिनदेखि भइरहेको प्रदर्शनले यात्रुलाई सास्ती भएको छ।

बर्दिबास १४ कि ६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपश्चात् भएको हत्याका विरुद्ध मंगलबार बिहानैदेखि स्थानीयले बर्दिबास बजार तथा पूर्व पश्चिम राजमार्ग बन्द गर्दै प्रदर्शन गर्दै आइरहेका छन्।

मंगलबार साँझदेखि खुलेको राजमार्ग तथा बजार बुधबार बिहानदेखि पुनः स्थानीय बासिन्दाले बन्द गराउँदै प्रदर्शन गरिरहेका छन्। मंगलबार दिउँसो प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका स्थानीय सञ्जय न्यौपानेको मृत्यु भएपछि बुधबार बिहानैदेखि स्थानीय बासिन्दा आन्दोलत भएका हुन्।

No description available.

राजमार्ग अवरुद्ध हुँदा बर्दिबासको पूर्व तथा पश्चिममै यातायातका साधनहरु रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन्। गन्तव्यमा पुग्न समस्या भएपछि केही यात्रीहरु पैदल हिँडेरै यात्रा गरिरहेका छन्। प्रदर्शन रोक्न तथा राजमार्ग खोलाउन स्थानीय प्रशासनले बर्दिबासमा बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। तर, निषेधाज्ञालाई तोड्दै स्थानीयहरु राजमार्गमा प्रदर्शन गरेका कारण सवारी अवागमनमा अवरोध भएको हो।

 No description available.

आइतबार साँझादेखि बेपत्ता भएकी गुलाब साहको बलात्कारपश्चात् हत्या गरिएको अवस्थामा सोमबार राति शव बोरामा फेला परेपछि मंगलबार बिहानबाटै स्थानीयहरु प्रदर्शनमा उत्रेका थिए।

मंगलबार दिउँसो बर्दिबास चोकमा प्रदर्शनमा उत्रेका स्थानीयमाथि प्रहरीले गोली प्रहार गर्दा बर्दिबास नगरपालिका १ का सञ्जय न्यौपानेको मृत्यु भएपछि स्थानीय झनै आक्रोशित बनेका छन्। न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, क्षतिपुर्ति दिनुपर्ने, दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने लगायतका माग स्थानीय बासिन्दाले गरेका छन्।

याे पनि  :  बर्दिबासमा बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .