ad ad

राजनीति


‘एच–२० स्टिल्थ बम्बरले चिनियाँ सेनालाई अन्तरमहादेशीय आक्रमण क्षमता प्रदान गर्नेछ’

‘एच–२० स्टिल्थ बम्बरले चिनियाँ सेनालाई अन्तरमहादेशीय आक्रमण क्षमता प्रदान गर्नेछ’

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार ९:१७,

बेलायतको थिंक ट्यांक संस्था रोयल युनाइटेट सभिर्सेस इन्सिटिट्युटको प्रतिवेदनअनुसार हाल चीनले विकास गरिरहेको सबसोनिक एच–२० स्टिल्थ बम्बरले अमेरिकाको खाडी क्षेत्रजस्तै ग्वाम र हवाईसम्मै पुगेर आक्रमण गर्नसक्छ।

प्रतिवेदनमा चीन र रुसले आफ्ना हवाई सेना शक्तिशाली बनाइरहेको साथै उनीहरुले अर्को पुस्ताको हवाई शक्ति विकास गरिरहेको पनि उल्लेख गरिएको छ।

सन् २०१६ मै चिनियाँ जनमुक्ति सेनाले एच–२० बम्बरको बिकास गर्ने बताएको थियो। त्यसबेला पाँचवर्ष भित्र सैन्य सेवामा उक्त बम्बर विमान आवद्ध हुने बताइएको थियो।

यस स्टिल्थ बम्बर विमान तिव्र गतिमा उड्ने र राडरले यस विमानलाई ट्र्याक गर्न गाह्रो हुने बताइएको छ।

cdn.i-scmp.com/sites/default/files/styles/1920x...

यस बम्बर विमानमा खतरनाक क्षेप्यास्त्र र परमाणु अस्त्र राखिनेछ। मुख्यक्षेत्र चीनका संचारमाध्यमका अनुसार चीनको नयाँ बम्बर विमानले ४५ टनसम्म हतियार बोक्नसक्छ।

यहाँ हाइपरसोनकि क्रुज मिसाइलहरु पनि हुनेछन्।

गत अगष्टमा अमेरिकी रक्षा विभागले चीनका क्रुज मिसाइलका क्षमता ८ हजार ५ सयसम्म भएको बताएको थियो। यसअनुसार चीनको क्षेप्यास्त्रले अमेरिकाको खाडी भूभाग ग्वासम्म पुगेर मार हान्नसक्छ।

यद्यपी सैन्य विज्ञहरुले चिनियाँ क्षेप्यास्त्र १२ हजार किलोमिटरसम्म पुग्ने बताएका थिए। यसको मतलब ग्वाममा चिनियाँ क्षेप्यास्त्रहरु सजिलै पुग्नसक्छन्। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .