ad ad

कारोबार


वरिष्ठ उपाध्यक्ष गोल्छाको माग : निजी क्षेत्रका लागि तत्काल आर्थिक प्याकेज ल्याउनुपर्‍यो

वरिष्ठ उपाध्यक्ष गोल्छाको माग : निजी क्षेत्रका लागि तत्काल आर्थिक प्याकेज ल्याउनुपर्‍यो

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार ९:०,

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रका लागि तत्काल विशेष आर्थिक प्याकेज ल्याउनुपर्ने बताएका छन्।

उद्योग वाणिज्य महासंघको साधारणसभामा आफ्नो मन्तब्य राख्ने क्रममा गोल्छाले आर्थिक प्याकेजले नै नेपालको उद्योग व्यवसाय उकास्न सकिने बताएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले साे साधारणसभाकाे उद्घाटन गरेका हुन्। 

कोरोना संक्रमण र सरकारले गरेको बन्दाबन्दीका कारण उद्योगी व्यवसायी मारमा परेकाे कारणले गर्दा आर्थिक प्याकेज ल्याउनु आवश्यक भएको उनको जिकिर थियो।

अर्थतन्त्रलाई पहिलेको स्थितिमा समेत स्थापित गर्न नसकेको खण्डमा नेपालमा अर्थिक संकट र बेरोजगारीको अवस्था भयाभह हुने उनले बताए।

विश्वमा कोरोना उपचारको भयाक्सिन बनाउने प्रक्रिया अन्तिम चरणमा रहेकोले त्यसलाई नेपालमा पनि ल्याउन नेपाल सरकारले अहिलेदेखि नै प्रयास थाल्नुपर्ने उनले बताए।

त्यसका लागि निजी क्षेत्रको सहयोग चाहिएमा आफूहरु सरकारलाई सहयोग गर्न तयार रहेको समेत उनले जानकारी गराए।

यो पनि:
उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभा सुरु, प्रधानमन्त्रीले गरे उद्घाटन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .