बर्दिबासमा तेस्रो दिन पनि प्रदर्शन भएको छ। ६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कार तथा हत्या र प्रहरीको गोली लागेर मृत्यु भएका संजय न्यौपानेको दोषीमाथि कारबाहीको माग गर्दै बिहीबार दिउँसो पनि प्रदर्शन भएको हो।
बुधबार साँझा स्थानीय प्रशासन र सर्वपक्षीय वार्ता समितिबीच ४ बुँदे सहमति भएको थियो। वार्तापश्चात बिहीबार बर्दिबासको अवस्था समान्य भए पनि स्थनीयले प्रहरी प्रशासन विरुद्धको प्रदर्शन जारी राखेका छन्।
‘हाम्रो आन्दोलन जारी छ, छोरीलाई सुरक्षा गर, छोरी मार्न पाइँदैन, बलात्कारीलाई फाँसी दे’ लगायतका ब्यानर राखेर प्रदर्शन जारी राखिएको छ। ‘हामीलाई न्याय चाहियो, ढुंगामुढा गर्दैनौं, गोली ठोक्न पाइँदैन’, भनेर नाराबाजी गर्दै प्रदर्शनकारीहरू बर्दिबासमा रहेको इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए।
नाराबाजी र प्रदर्शन जारी रहेपनि चारबुँदे सहमतिपश्चात बिहीबार बिहानदेखि बर्दिबास बजार खुलेको छ भने राजमार्ग पूर्ण रुपमा सूचारु रहेको छ।
Shares
प्रतिक्रिया