ad ad

राजनीति


भारतीय विदेशसचिव श्रृंगला भन्छन् – नेपाल–भारत सम्बन्धका चार खम्बामा जोड दिउँ

भारतीय विदेशसचिव श्रृंगला भन्छन् – नेपाल–भारत सम्बन्धका चार खम्बामा जोड दिउँ

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार ६:२२,

भारतका विदेशसचिव हर्षवर्धन श्रृंगलाले नेपाल र भारतबीचको सम्बन्धका चारवटा खम्बाको रुपमा निश्चित क्षेत्रहरुलाई औल्याएका छन्। ती क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने उनकाे धारणा छ।

उनले विकास सहायता, अझ मजबुत कनेक्टिभिटी, वृहत पूर्वाधार तथा आर्थिक परियोजनाहरु र नेपालको युवापुस्तालाई भारतमा उपलब्ध शिक्षाका अवसरमा सहज र थप पहुँच नै नेपाल-भारत सम्बन्धका चार खम्बा भएको बताएका हुन्।

उनले भारतले नेपालमा आफ्ना कार्यक्रमहरु चयन गर्दा नेपालको प्राथमिकताका आधारमा काम गर्ने स्पष्ट पारेका छन्।

प्रधानमन्त्री मोदीको ६ वर्षपहिले प्रधानमन्त्रीको रुपमा भएको पहिलो नेपाल भ्रमणपछि नेपाल भारतबीच बिभिन्न तहका बैठक र संयन्त्रहरु नियमित र थप क्रियाशिल भएको उनले बताए।

नेपाल र भारतबीच रहेको जनस्तरको सम्बन्ध र आपसी हितलाई मध्यनजर गरेर द्विपक्षीय सहायता तथा सहकार्यलाई अघि बढाइने भारतीय विदेशसचिव श्रृंगलाले बताए।

यो पनि : नेपाल–भारत संवादहीनताको अन्त्य: सीमालगायत विषयमा उच्च कूटनीतिक तहमै वार्ता

नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौं आएका श्रृंगलाले एआईडीआईए नामक संस्थाले आयोजना गरेको संवाद कार्यक्रममा शुक्रबार बिहान सो मन्तव्य दिएका हुन्।

उनले नेपाल र भारत दुवै देशका नयाँ पुस्ताको आकांक्षा अनुसार डिजिटल टेक्नोलोजीमा पछिल्ला वर्षमा विकासलाई आत्मसात् गर्दै दुई पक्षीय सहकार्यलाई विकास गर्दै लैजानुपर्ने उनको धारणा थियो।

उनले काठमाडौंमा आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट गर्नुका साथै आफ्ना समकक्षी परराष्ट्रसचिव भरतराज पौड्यालसँग द्विपक्षीय वार्ता गरेका थिए।

ती सबै भेटवार्ताहरुमा भएको कुराकानीमा नेपाल र भारतबीच सम्बन्धबारे समान धारणा रहेको पाउँदा आफू उत्साहित भएको उनले बताए।

यो पनि: 
द्विपक्षीय सहकार्यबारे निकै फलदायी कुराकानी भयोः भारतीय विदेशसचिव श्रृंगला (भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .