सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकताका लागि दुवै प्रस्तावलाई स्थगित गरी एकीकृत प्रस्ताव बनाउनु पर्ने बताएका छन्।
शनिबार दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गएको कात्तिक २८ गते प्रस्तुत गरेको प्रस्तावको काउन्टरमा राजनीतिक प्रस्ताव पेस गर्ने कार्यसूची छ।
सोही बैठकअघि प्रधानमन्त्री ओली निकट नेता पोखरेलले दुवै प्रतिवेदनलाई स्थगित गर्न आग्रह गरेका हुन्। उनले सचिवालय बैठक एकीकृत प्रतिवेदन बनाउने दिशामा अग्रसर हुनुपर्ने बताएका छन्।
‘म फेरि पनि भन्छु, पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगित गरी एकीकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको बैठक अग्रसर होस्’, पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
म फेरी पनि भन्छु पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगितगरी एकिकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको वैठक अग्रसर होस्।
Posted by Shankar Pokhrel on Friday, November 27, 2020
प्रतिक्रिया