चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीले आफ्ना सेनालाई अन्तिमसम्म लडिरहन र युद्ध जित्न निर्देशन दिएका हुन्।
बेइजिङको जिङ्सी होटेलमा आयोजित कार्यक्रममा केन्द्रीय सैन्य आयोग सीएमसीलाई सम्बोधन गर्दै सीले आफ्ना २० लाख सशस्त्र सेनालाई वास्तविक लडाईको परिस्थितिमा युद्ध अभ्यास गर्न तथा कठिनाइ र मृत्युबाट नडराउन पनि भनेका छन्।
सीले सीएमसीलाई भनेका छन्,‘सैन्य कठिनाईको बोधलाई बढाउँदै अभियानको जिम्मेवारीलाई सुदृढ पार्नुहोस् र सैन्य प्रशिक्षणको रूपान्तरण र स्तरवृद्धि गर्नुहोस्।’
ताइवानलाई आफ्नो भूमि भएको दाबी गर्ने चीनले आक्रमण गरेरै यस क्षेत्रलाई कब्जा गर्ने बताइरहँदा सीले युद्धको लागि आफ्नो सेनालाई तयार हुन दिर्नेशन दिएका हुन्।
यसबीचमा चीनले आफ्नो हतियार अत्याधुनिक बनाउन अरबौं खर्च पनि गरेको छ।
ताइवानसँगै चीन र भारतबीच यतिबेला सीमा विवाद उत्कर्षमा पुगेको छ। साथै दक्षिण चीन सागरमा चीनको दाबीलाई लिएर चीन र अमेरिकाबीच पनि टकराब बढेको छ।
अमेरिकासँग चीनको व्यापार, प्रविधि लगायतका विषयमा पनि विवाद छ। एजेन्सी
Shares
प्रतिक्रिया