ad ad

राजनीति


‘दुवै अध्यक्ष औपचारिक रुपमा पदबाट हटे दोस्रो पुस्ता पार्टी र सरकार चलाउन सक्षम छ’

‘दुवै अध्यक्ष औपचारिक रुपमा पदबाट हटे दोस्रो पुस्ता पार्टी र सरकार चलाउन सक्षम छ’

नेपालखबर
मंसिर १५, २०७७ सोमबार ६:२६,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटीका सदस्य तथा ऊर्जामन्त्री वर्षमान पुनले दुवै अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा हट्ने निर्णय गरे दोस्रो पुस्ता पार्टी तथा सरकार चलाउन सक्षम रहेको बताएका छन्।

रोल्पामा विद्युतीय सबस्टेसनको उद्घाटन गर्दै मन्त्री पुनले सो कुरा बताएका हुन्।

‘पार्टीका दुवै अध्यक्ष तथा प्रधानमन्त्रीले पनि छाड्छु भन्नुहोस्। हामी दोस्रो पुस्ताका दुवै पद लिन र चलाउन सक्षम र तयार छौँ’, पुनले भने, ‘तर यो विषय आवेश र उत्तेजनाको आधारमा नभई पार्टीको विधि र प्रक्रियागत रुपमा औपचारिक रुपमा निर्णय हुनुपर्छ।’

सत्तारुढ दल नेकपाभित्र शक्तिसंघर्ष चर्किँदै गर्दा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्ने बताएका छन्।

यसअघि पनि महासचिव विष्णु पौडेलले सचिवालयको अहिलेको विवादको कारण भएको भन्दै सबैले राजीनामा दिएर नयाँ पुस्तामा जानुपर्ने बताएका छन्।

कार्यक्रममा ऊर्जामन्त्री पुनले नेकपाभित्र देखिएको विवादको प्रति देशभर नै चासो रहेको बताए।

‘नेकपा विभाजित हुन्छ र देशमा फेरि राजनीतिक रुपमा अस्थिर हुन्छ कि चित्ता छ। सत्तारुढ दलभित्र विवाद भएको कारण चासो पनि छ’, पुनले भने, ‘त्यस्तो अवस्थामा आउन नदिनका लागि हामी सबैले प्रयास गरिरहेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .