ad ad

समाज


सिंगापुरको नवजात शिशुमा भेटियो कोरोनाको एन्टीबडी!

सिंगापुरको नवजात शिशुमा भेटियो कोरोनाको एन्टीबडी!

नेपालखबर
मंसिर १५, २०७७ सोमबार ६:५७,

गत मार्च महिनामा कोरोना भाइरस ‘कोभिड १९’ बाट संक्रमित बनेकी महिलाले सो भाइरसको एन्टीबडीसहितको बच्चा जन्माएकी हुन्।

यस घटनाले कोरोना भाइरस आमाबाट शिशुमा सर्छ भन्ने संकेत गर्ने विज्ञहरु बताउँछन्।

आइतबार द स्ट्रेट टाइम्समा छापिएको समाचार अनुसार यसै महिना जन्मिएको ती शिशुमा कोरोना भाइरसको संक्रमण थिएन तर उनको शरीरमा कोरोनाको एन्टीबडी थियो।

भर्खरै आमा बनेकी सेरिन एनजी–चानले उक्त पत्रिकासँग भनेकी छिन्,‘मेरो शरीरबाट बच्चामा कोरोना सरेको डाक्टरहरुको अनुमान छ।’

कोरोनाका कारण सामान्य बिरामी परेकी उनलाई साढे २ हप्तापछि अस्पतालबाट त्यसबेला डिस्चार्ज गरिएको थियो।

डब्लूएचओले १ देखि १० वर्षसम्मका बच्चाहरुमा कोरोनाका कारण हुने मृत्युको सम्भावना शुन्य भएको जनाएको छ।

तर उसले हालसम्म आमाबाट शिशुमा कोरोना सर्छ कि सर्दैन भनेर बताउन सकेको छैन। यद्यपी आमाहरुले सन्तानलाई स्तनपान गराउन भने छाड्न नुहने डब्लूएचओको भनाइ छ।

आमाको दूधले बच्चाको शरीमा प्रतिरोधात्मक क्षमता मजबुत बनाउने बताइन्छ। एससीएमपी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .