ad ad

राजनीति


गरिबी निवारणपछि सी चिनफिङको लक्ष्यः मध्यम वर्गको संख्या दोब्बर बनाउने

गरिबी निवारणपछि सी चिनफिङको लक्ष्यः मध्यम वर्गको संख्या दोब्बर बनाउने

नेपालखबर
मंसिर १५, २०७७ सोमबार १६:६,

निरपेक्ष गरिबी अन्त्यको लक्ष्य पुरा भएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘मध्यम आय भएकाहरुको’ संख्या दोब्बर बनाउने अभियान थाल्ने विश्लेषकहरुले बताएका छन्।

गतसाता चीनले अन्तिम ८३२ काउन्टीहरुलाई गरिबको सूचीबाट हटाएको थियो। चालु आर्थिक वर्षभित्र निरपेक्ष गरिबी अन्त्य गर्ने घोषणा राष्ट्रपति सीले पाँच वर्षअघि गरेका थिए। त्यो समयावधि आगामी गर्मीमा पुरा हुँदैछ।

यसलगत्तै राष्ट्रपति सीले आगामी १५ वर्षका लागि मध्यम वर्गको संख्या वृद्धि गर्ने अभियान थाल्नसक्ने बताइएको छ। कम्युनिस्ट पार्टीले हालसम्म यसलाई विशेष लक्ष्य नतोकेपनि नीतिनिर्माताहरु यस विषयमा स्पष्ट रहेको बताइएको छ।

हाल चीनमा करिब ४० करोड मानिसलाई मध्यम आय भएकाहरुको समूहमा राखिएको छ। त्यो जनसंख्याको एक तिहाइभन्दा कम हो।

जापानले आफ्नो जनसंख्याको दुई तिहाई हिस्सालाई मध्यम आय गर्ने समूहमा राखेको छ भने अमेरिकाले करिब आधा जनसंख्यालाई।

यदि चीनले मध्यम आय हुनेहरुको संख्या ६० प्रतिशत पु¥याउने हो भने तिनको संख्या अहिलेको भन्दा दोब्बर अर्थात् ८० करोड पु¥याउनुपर्छ। त्यसो गर्दा चीनको उपभोक्ता बजारमा पनि ठूलो वृद्धि हुन्छ। जुन अमेरिका र युरोपेली संघको संयुक्त बजारभन्दा ठूलो हुनेछ।

चार दशको तीव्र आर्थिक वृद्धिपछि चीनको प्रतिव्यक्ति आय १० हजार डलर पुगेको छ। हालै महामारीपछिको संकटलाई ध्यानमा राखेर चीनले घरेलु उपभोगलाई बलियो बनाउने ‘डुअल सर्कुलेसन’को कार्यक्रम अघि सारेको थियो।

सिकागोस्थित पलसन इन्स्टिच्युटका अध्येता सङ हाउज गरिबी निवारणपछि मध्यम आय बढाउने लक्ष्य राख्नु स्वभाविक कदम भएको बताउँछन्।

वर्तमान व्यवस्थालाई कायम राख्न पनि मध्यम आय भएकाहरुको संख्या बढाउन आवश्यक हुने इन्स्टिच्युट फर एड्भान्स्ड रिसर्चका अध्येता चेन सुदोङ बताउँछन्।

‘अहिलेको समाज व्यवस्था कायम गर्न विशाल मध्यम वर्ग महत्वपूर्ण कडी हुनेछ,’ उनले भने।

बेइजिङस्थित चाइना सेन्टर फर इन्टरनेसनल इकोनोमिक एक्सचेन्जेज नामक थिंक ट्यांकका उपाध्यक्ष वाङ यिमिङ भन्छन्, आगामी १५ वर्ष चीनको औसत आर्थिक वृद्धिदर पाँच प्रतिशत रहे मध्यम आय भएकाहरुको संख्या दोब्बर बन्न सक्छ।’ एससीएमपी

यो पनि:

जहाँका नेताको प्रोफाइल गरिबी निवारणमा गरेको योगदानबाट बन्छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .