ad ad

राजनीति


नेकपा सचिवालय बैठकको ठहर : नेताहरुबीच अनौपचारिक अन्तरक्रिया तथा संवाद बढाउनुपर्‍यो

नेकपा सचिवालय बैठकको ठहर : नेताहरुबीच अनौपचारिक अन्तरक्रिया तथा संवाद बढाउनुपर्‍यो

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार १०:४९,

सत्तारुढ दल नेकपाको सचिवालय बैठक सकिएको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुरक्षाको कारण देखाएपछि पार्टी कार्यालय धुम्बाराहीमा तय भएको बैठक मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका दुईवटै राजानीतिक प्रतिवेदनका विषयमा सचिवालयका सदस्यहरुले धारणा राखेका थिए।
आज मंगलबार मुख्यगरी अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धारणा राखेको र त्यसमा अन्य सचिवालयका सदस्यले पनि धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘आज अध्यक्ष ओली र प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ, प्रवक्ता श्रेष्ठले भने, ‘भोलि एक बजे फेरि बैठक बस्नेछ।’

यो बीचमा नेताहरुबीच छलफल, अन्तरक्रिया र संवाद जारी राख्नु उचित हुने बैठकले ठानेको छ, उनले थपे।

प्रतिवेदनमा उठेका विषयमा गम्भीर रुपमा आफ्नो धारणा राख्ने काम भएको श्रेष्ठले बताए।

साढे १ बजे सुरु भएको बैठक करीब तीन घण्टा चलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .