ad ad

राजनीति


शीतलनिवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

शीतलनिवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार ८:४१,

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

राष्ट्रपति भण्डारीलाई भेट्नका लागि प्रधानमन्त्री ओली बिहीबार बिहान साढे १० बजे प्रधानमन्त्री ओली शीतलनिवास पुगेका थिए।

प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजागाईंले प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेतवार्ता नियमित प्रकृतिको भएको बताए।

‘नियमित भेट हो। प्रत्येक साता प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेट्ने गर्नु भएको छ। त्यसै क्रममा आज भेट भएको हो’, सञ्चारविज्ञ बजगाईंले नेपालखबरसँग भने, ‘ राष्ट्रपतिलाई भेट्नका लागि प्रधानमन्त्री ओली साढे १० बजे शीतलनिवास जानुभएको थियो।’

नेकपाका अध्यक्ष समेत रहेका ओलीले पार्टीभित्र विवाद उत्कर्षकमा पुगिरहेका बेला राष्ट्रपति भण्डारीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। प्रधानमन्त्री ओली बुधबार सचिवालय बैठकमा समेत उपस्थित भएका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .