ad ad

राजनीति


तत्काल संसद अधिवेशन बोलाउन कांग्रेसद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

तत्काल संसद अधिवेशन बोलाउन कांग्रेसद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार ११:३,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अधिवेशन तत्काल बोलाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ।

प्रधानमन्त्रीको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकमा कांग्रेसले लामो समयदेखि बन्द रहेको संसद तत्काल खुलाउन आग्रह गरेको कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।

‘हामीले लामो समयदेखि बन्द रहेको संसद खुलाउन प्रधानमन्त्री केपी ओलीजीलाई सुझाब दिएका छौं’, महतले नेपालखबरसँग भने। यसअघि कांग्रेसको कार्यसमिति बैठकले पनि संसद अधिवेशन बोलाउन सरकारलाई सुझाब दिएको थियो।

सभामुख अग्नि सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनासँग समेत परामर्श नगरी सरकारले असार १८ गते संसद अधिभवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।

पुसको १७ गतेभित्र संसद खुलाउनै पर्ने संवैधानिक व्यवस्था रहे पनि सरकारले अहिलेसम्म संसद खुलाउन चासो नदिएको कांग्रेसले अरोप लगाएको छ। संसद नभएका कारण सरकारले अध्यादेशमार्फत काम गरिरहेको छ।

मंगलबारको सर्वदलीय बैठकमा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायतका नेताहरु थिए।

त्यस्तै प्रतिपक्षी कांग्रेसका तर्फबाट सभापति तथा पूर्वप्रधानमन्त्री देउवा, उप–सभापति विजय गच्छदार, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि, महतलगायत नेता थिए।

सर्वदलीय बैठकमा जनता समाजवादीकातर्फबाट अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राप्रपाबाट दीपक बोहोरा सहभागी थिए।

यो पनिः
सर्वदलीय बैठकमा कांग्रेसले भन्यो– सरकारकै कारण राजावादी सडकमा आए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .