ad ad

राजनीति


चीनको चेतावनी बाबजुद अमेरिकाले ताइवानलाई २८ करोड डलरको सैन्य सामग्री बेच्दै

चीनको चेतावनी बाबजुद अमेरिकाले ताइवानलाई २८ करोड डलरको सैन्य सामग्री बेच्दै

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार ११:५०,

हतियार बेच्ने विषयलाई अमेरिकी राज्य विभागले अनुमोदन गरेको र अब यो विषय कँग्रेसमा पुग्ने साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

अमेरिकाले ताइवानको सेनालाई आधुनिक संचार प्रणाली बेच्न लागेको हो। यस प्रणालीले ताइवानको सेनाको रक्षा क्षमता उल्लेख्य रुपमा वृद्धि हुने अपेक्षा गरिएको छ।

अमेरिकी रक्षा सुरक्षा सहायता एजेन्सीका अनुसार अमेरिकाले ताइवानलाई नयाँ सम्झौताअनुसार १५४ टेलिकम्युनिकेसन नेटवर्क ‘नोड्स’, २४ संचार रिले ‘तारविहिन संचार सेवा’, आठ नेटवर्क व्यवस्थापन प्रणाली बेच्न लागेको हो।

ताइवानले यी सैन्य संचारसँग सम्बन्धित उपकरणहरु खरिद गरेपछि अमेरिकाबाट व्यक्तिगत तथा प्राविधिक सहायता पनि प्रदान हुनेछ।

अमेरिकाका अनुसार नयाँ सैन्य संचारको माध्यमले ताइवानलाई आफ्नो भूमि रक्षा गर्नुका साथै राजनीतिक स्थिरता, सैन्य सन्तुलन तथा आर्थिक प्रगतिहरु गर्न मद्दत पुर्याउनेछ।

गत अक्टोबरमा मात्र ताइवानले अमेरिकाबाट १ दशमलब ८ अर्ब अमेरिकी डलरमा हतियार किन्ने सम्झौता भएको थियो। त्यसबेला चीनले ताइवान र अमेरिकाविरुद्ध आवश्यक कारवाही गर्ने चेतावनी दिएको थियो।

त्यसबेला ताइवाले अमेरिकाबाट १३५ क्रुज क्षेप्यास्त्र किन्ने तय भएको बताएको थियो। ताइवानले अमेरिकी हतियारले आफ्नो सैन्य क्षमता मजबुत हुने बताउँदै आएको छ।

ताइवान आफ्नो भएको दाबी गर्ने चीनलाई भने ताइवान र अमेरिकाबीचको एकपछि अर्को हतियार सम्झौताले निकै क्रुद्ध बनाएको छ।

चीनले ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने बताउँदै आएको छ। यद्यपी ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउने गरेको छ।

अमेरिकाले पनि चीनको भनाइ बेवास्ता गर्दै ताइवानसँग सम्बन्ध बढाउँदै लगेको छ। चीनले ताइवानमा बढेको अमेरिकी गतिविधिलाई आन्तरिक मामिलामा हस्तक्षेपको संज्ञा दिएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले केही महिना अगाडि मात्र ताइवानलाई एक्लाउन चाहनेबाट खतरा उत्पन्न भएकाले आफ्ना सेनलाई युद्धको तयारी थाल्न निर्देशन दिएका थिए।

यो पनिः यस शक्तिशाली राडार प्रणालीले चिनियाँ खतराबाट ताइवान र अमेरिकालाई जोगाउने अपेक्षा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .