ad ad

राजनीति


कोरोना संक्रमणबाट नेकपाका केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधन

कोरोना संक्रमणबाट नेकपाका केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधन

नेपालखबर
मंसिर २४, २०७७ बुधबार २३:५१,

सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कोरियाको लागि पूर्व नेपाली राजदूत कमानसिंह लामाको निधन भएको छ।

कोरोना संक्रमण देखिएपछि दुई साता अघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका ६९ वर्षीय लामाको बुधबार राति ११ बजे निधन भएको लामाकी पत्नी इन्द्रमाया तामाङले जानकारी दिइन्।

‘१४ दिनअघि कोरोना संक्रमण भएपछि टिचिङ अस्पतालमा भर्ना गरेर उपचार सुरु गरेका थियौँ,’ तामाङले बिहीबार बिहान नेपालखबरसँग भनिन्, ‘आइसियूमा राखेर उपचार गर्दा पनि सुधार भएन। राति ११ बजे निधन भयो।’

लामा ०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चा, नेपालको तर्फबाट काभ्रेबाट सांसदमा बिजयी भएका थिए। उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए।

लामालाई प्रेसर, सुगरको समस्यासँगै किड्नीमासमेत समस्या थियो। उनको पार्थिव शरीर बिहीबार बिहान नेपाली सेनाले व्यवस्थापन गर्ने पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .