बेलायतपछि क्यानडाले पनि अमेरिकी कम्पनी फाइजरले बनाएको कोरोनाविरुद्ध खोप प्रयोगका लागि अनुमति दिएको छ।
क्यानडाको स्वास्थ्य नियामक निकायले फाइजर–बायोएनटेकले संयुक्त रूपमा बनाएको खोपलाई अनुमोदन गरेको हो।
बीबीसीका अनुसार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अब यसै महिना देशमा २ लाख ४९ हजार डोज खोप उपलब्ध हुने बताएका छन्।
यसअघि फाइजरको खोपलाई सबैभन्दा पहिले बेलायतले आफ्नो देशमा प्रयोगका लागि अनुमति दिइसकेको छ। जहाँ मंगलबारदेखि लगाउन पनि सुरु भइसकेको छ।
3
Shares
प्रतिक्रिया