ad ad

राजनीति


महामन्त्री कोइरालाले भने : फागुनमा महाधिवेशन सम्भव छैन

महामन्त्री कोइरालाले भने : फागुनमा महाधिवेशन सम्भव छैन

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार ९:२०,

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको महाधिवेशन फागुनमा सम्भव नभएको बताएका छन्।

बिहीबार चितवनमा पत्रकारसँग कुरा गर्दै डा. कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दावी–विरोधलगायत काम गर्न बाँकी रहेकाले तोकिएका समयमा महाधिवेशन सम्भव नरहेको स्पष्ट पारेका हुन्।

यी सबै काम गर्नका लागि पनि अझै समय लाग्ने भएकाले पार्टीको महाधिवेशन चैत अन्तिम साता वा वैशाखमा गर्नुपर्ने उनको भनाइ थियो।

‘मंसिर मसान्तसम्म जिल्लाबाट क्रियाशील सदस्य आउनुपर्‍यो। त्यसमा दावी विरोध हुन्छ। त्यसलाई समय दिनुर्‍यो’, उनले भने।

महाधिवेशनमा आफू कुन पदमा लड्ने भन्ने विषयमा टुंगो लागिनसकेको उनको भनाइ थियो। पार्टीभित्रका जिम्मेवार व्यक्तिसँग कुरा चलिरहेकाले छलफलबाट उम्मेदवार टुंगो लगाइने उनले बताए।

उनले भने, “कार्यकर्ताको चाहना मलाई सभापति भएको देख्ने छ। रामचन्द्रजी, प्रकाशमानजी, शेखर दाइ, सुजातालगायत जिम्मेवार व्यक्तिसँग छलफल भएको छैन।’

कुराकानीका क्रममा उनले अहिलेका अवस्थामा कांग्रेस सरकारमा नजाने स्पष्ट गरे। सरकारमा जाने हो भने पार्टीलाई ठूलो घाटा लाग्ने संघीय सांसद डा कोइरालाको भनाइ थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .