ad ad

राजनीति


बढुवा भएका एआईजी पोख्रेललाई दर्ज्यानी चिन्ह प्रदान

बढुवा भएका एआईजी पोख्रेललाई दर्ज्यानी चिन्ह प्रदान

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार १३:९,

प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका विश्वराज पोख्रेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच एआईजी पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले पोख्रेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।

महानिरीक्षक थापाले पदोन्नति भएकोमा पोख्रेललाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिएका छन्। संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नयाँ कार्ययोजना बनाई आगडि बढ्नुपर्ने उनको भनाई छ।

पदोन्नति भएका एआईजी पोख्रेलले नेपाल सरकार एवम् प्रहरी संगठनले विश्वास गरी आफूलाई पदोन्नति गरेको भन्दै विश्वासलाई रतिभर पनि प्रश्न नआउने गरी जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गरे।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .