ad ad

खेल


पूर्व क्रिकेट कप्तान पारस खड्कालाई कोरोना संक्रमण

पूर्व क्रिकेट कप्तान पारस खड्कालाई कोरोना संक्रमण

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार १३:१,

नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ।

उनले आज शुक्रबार बिहान पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो।

उनले आफूमा कोरोनाका सामान्य लक्षण देखिएपछि दुई दिनदेखि सेल्फ आइसोलेसनमा बसेको र स्वाद र गन्ध आउने छाडेपछि परीक्षण गराएको बताएका छन्।

अहिले पनि आफू सबै स्वास्थ्य मापदण्ड अनुसरण गरी घरमै आइसोलेसनमा बसेको उनले बताएका छन्।

तर सोहि कारणले गर्दा भोली शनिबारदेखि चितवनमा हुन लागेको गौतम बुद्ध कप भने आफूले छुटाउनु परेकोमा दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .