ad ad

राजनीति


संविधानकाे रक्षक राष्ट्रपतिले नै सरकारको मनपरीलाई साथ दिइन् : खाँण

संविधानकाे रक्षक राष्ट्रपतिले नै सरकारको मनपरीलाई साथ दिइन् : खाँण

नेपालखबर
पुस ३, २०७७ शुक्रबार १०:३१,

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक राष्ट्रपति नै संविधानको प्रतिकुलतामा उभिएको टिप्पणी गरेका छन्।

शुक्रबार नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक खाँडले यस्तो टिप्पणी गरेका हुन्। उनले संवैधानिक राष्ट्रपति संविधानको प्रतिकुलतामा उभिँदा लोकतान्त्रिक प्रणाली नै कमजोर बन्ने बताए। पछिल्लो समय राष्ट्रपतिको भूमिकाको सम्बन्धमा जनतामा तीब्र बिरोध हुनुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन नै बाधा पुराउने बताए।

उनले भने, ‘राष्ट्रपति संविधानको प्रतिकुलतामा उभिनु, राष्ट्रपतिको जनतामा तिव्र बिरोध हुनु, त्यसले गम्भीर आघात पु¥याउँछ। गणतन्त्रलाई सबल बनाउन पनि बाधा पुर्‍याउँछ। राष्ट्रपति गम्भीर बन्नुस् भन्ने कांग्रेसको सल्लाह छ।’

सरकारले आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश र सर्वसत्तावादी सोचलाई अगाडि बढाएको समेत प्रमुख सचेतक खाँडले बताए। सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश माथि नागरिकको तीब्र विरोध हुँदाहुँदैपनि स्वीकृत गर्नु राष्ट्रपतिको कमजोरी भएको पनि प्रमुख सचेतक खाँडले बताए।

उनले भने, ‘राष्ट्रपतिले राम्रो गर्नुभएन। संविधानको पालना गर्ने, संविधानको रक्षा गर्ने प्रमुख दायित्व राष्ट्रपतिको हो। सरकारले गरेको निर्णय संविधानको प्रतिकुल छ भने सरकारलाई सच्याउन राष्ट्रपतिले सुझाव दिने, सल्लाह दिने परम्परा छ। संसारभरीको चलन छ। यही अध्यादेश केही समय अघि ल्याउँदा सबै राजनीतिक दल, कानुन, विज्ञ, मिडियाले विरोधका कारण फिर्ता लिईएको थियो। फिर्ता गरिसकेको अध्यादेश लैजाँदा राष्ट्रपतिले त्यति चाँडो स्वीकृत गर्नु उहाँको कमजोरी हो।’

प्रमुख सचेतक खाँडले नेपाली कांग्रेस सरकारले संविधानको प्रतिकुलतामा गरेको निर्णयको बिरोधमा रहेको समेत बताए।

उनले भने, ‘सरकारले जनता प्रतिको उत्तरदायित्व निर्वाह गर्न उदासिनता देखाएको छ। सरकारलाई उत्तरदायि बनाउने कुरामा जोड रहन्छ।’

यस्तै सांसद दिव्यमणिराज राजभण्डारीले सरकार संविधान अनुरुप चल्नुपर्ने बताए। सरकार आफू खुशी नचलेर संविधान अनुरुप लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको सदुपयोग हुनेगरी चल्नुपर्ने बताए।

उनले भने, ‘संविधान अनुसार चल्नुपर्‍याे। बिधि, बिधान अनुसार चल्नुप¥यो। जनताको हितको लागि लाग्नुपर्‍यो। आफुखुशी मनपरी गरेर हुँदैन। सबैको रक्षा हुनुपर्छ। अहिले जुन परिस्थिति छ यसरी देश चलाएर हुँदैन। संविधान अनुसार चलेन, लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको सदुपयोग हुनुपर्‍यो, दुरुपयोग होईन।’

नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सम्वैधानिक परिषद् सम्बन्धी अध्यादेश तुरुन्त फिर्ता गर्न र संसद अधिवेशन बोलाउन माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .