ad ad

राजनीति


मास्क नलगाएका कारण चिलीका राष्ट्रपतिलाई ३५ सय डलर जरिवाना

मास्क नलगाएका कारण चिलीका राष्ट्रपतिलाई ३५ सय डलर जरिवाना

नेपालखबर
पुस ४, २०७७ शनिबार १५:२३,

मास्क नलगाई समुन्द्री किनारमा एक व्यक्तिसँग सेल्फी खिचेका कारण चिलीका राष्ट्रपति सेबास्टियन पिनेरालाई ३ हजार ५ सय अमेरिकी डलर जरिवाना गरिएको छ।

डिसेम्बरको सुरुमा समुद्री तटमा भेट भएका एक महिलासँग मास्क नलगाई खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो।

स्वास्थ्य अधिकारीहरुले कोरोना महामारी रोक्नका लागि सार्वजनिक स्थलहरुमा मास्क लगाउनै पर्ने कडा नियमको राष्ट्रपति पिनेराले उल्लंघन गरेका कारण उनलाई जरिवाना गरिएको बताएका छन्।

चिलीमा सार्वजनिक स्थलमा मास्क नलाउने व्यक्तिलाई आर्थिक जरिवानादेखि जेल सजायसम्म हुने व्यवस्था गरिएको छ।

डिसेम्बरको सुरुमा सामाजिक सञ्जालमा फोटो आएपछि पिनेराले माफी मागेका थिए।

राष्ट्रपति आफ्नो घर नजिकैको समुद्री तटमा एक्लै टहलिरहेका बेला एक महिलाले उनलाई चिनेर फोटो खिच्न आग्रह गरेपछि उनी त्यसका लागि तयार भएका थिए। फोटोमा दुवैले मास्क लगाएका थिएनन् भने उनीहरुबीचको दूरी पनि कम देखिन्थ्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .