ad ad

राजनीति


ओलीकै गृह जिल्लाका दुई नेताले गरे केन्द्रीय सदस्य पद अस्वीकार

ओलीकै गृह जिल्लाका दुई नेताले गरे केन्द्रीय सदस्य पद अस्वीकार

नेपालखबर
पुस ८, २०७७ बुधबार ८:२७,

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहका दुई नेताले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्।

मंगलबार प्रधानमन्त्री निवासमा बसेको ओली समूहको केन्द्रीय समिति बैठकले ५५६ जना केन्द्रीय सदस्य थप गरेको थियो।

मंगलबार ओली समूहमा थपिएका प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाका नेता तथा प्रदेश संसद गोपाल बुढाथोकी तथा प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले केन्द्रीय सदस्य पद अस्वीकार गरेका हुन्।

उनले फुटको नमिठो इतिहासबाट शिक्षा नलिएर परिवारलाई भन्दा बढी माया गरेको पार्टी विभाजन गरेको भन्दै उनले आफूलाई विभाजित कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य मन्जुर नभएको बताएका हुन्।

‘कमरेडहरु, कम्युनिस्ट आन्दोलन फुट विभाजनको तीतो इतिहास व्यहोरेर पनि हाम्रा नेताहरुले शिक्षा लिएनन् जनतालाई धरधरी रुवाएर, जनताले परिवारभन्दा बढी माया गरेको पार्टी फेरि विभाजित गरे’, नेता बुढाथोकीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामी यो बेला दुःख व्यक्त गर्न शिवाय के गर्न पो सक्ने रहेछौं र रमिता बाहेक कमरेडहरु, यो बेला नेकपाको दुईवटा केन्द्रीय कमिटी बनाएर एउटा कमिटीमा केन्द्रीय सदस्यमा मनोनित गरेको थाहा पाएँ। तर, मलाई विभाजित पार्टीको केन्द्रीय सदस्य मन्जुर छैन।’

त्यस्तै प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले पनि नेकपा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन्।

उनले पनि बिश्वास र भरोसाको साथ अमूल्य मत दिएको पार्टी बिभाजन हुँदा जनता रोइरहेको भन्दै यस्तो अवस्थामा प्राप्त गरेको केन्द्रीय सदस्यको जिम्मेवारीलाई स्वीकार गर्न नसक्ने बताएकी हुन्।

‘विश्वास र भरोसाको साथ अमूल्य मत दिएको पार्टी बिभाजन हुँदा जनता रोइरहेको अवस्थामा प्राप्त केन्द्रीय कमिटीको सदस्यको जिम्मेवारीलाई मैले स्वीकार गर्न सकिनँ’, गजमेरले फेसबुकमा लेखेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .