ad ad

खेल


‘नेमारलाई बार्सामा पुनः अनुबन्ध गर्न सम्भव छ, तर उनले सुरुमा माफी माग्नुपर्छ’

‘नेमारलाई बार्सामा पुनः अनुबन्ध गर्न सम्भव छ, तर उनले सुरुमा माफी माग्नुपर्छ’

नेपालखबर
पुस ८, २०७७ बुधबार ८:९,

हाल मेस्सी बार्साबाट खेलिरहेका छन् भने नेमार पेरिस सेन्ट जर्मेनबाट खेलिरहेका छन्।

गत सिजनको सुरुवातमा नेमारले आफूलाई मेस्सीसँग खेल्ने इच्छा भएको बताएका थिएभने मेस्सीले पनि नेमारलाई पुनः अनुबन्ध गर्नुपर्छ भन्ने धारणा राखेका थिए।

तर बार्साले नेमारलाई पुनः अनुबन्ध गर्न चासो देखाएन। त्यसपछि मेस्सी आफैंले यो सिजनको सुरुवातमा क्लब छाड्ने बताएका थिए।

तर यतिबेला भने मेस्सीले आफूलाई बार्सामा सहज महसुस भएको बताएका छन्। उनले क्लब छाड्ने अभिव्यक्तिहरु दिन छाडेका छन्।

यसबीचमा बार्सिलोनाको प्रमुख पदका उम्मेदवार जोर्डी फार्रेले नेमारलाई बार्सिलोनामा पुनः अनुबन्ध गर्न सम्भव रहेको बताएका छन्।

आफू बार्साको प्रमुखमा नियुक्त भएमा नेमारलाई बार्सामा अनुबन्ध गर्न सम्भव रहेको तर नेमारले बार्सिलोनाका समर्थकसँग माफी माग्नुपर्ने उनको भनाइ छ।

I think Neymar knows he made a mistake leaving Barcelona: Lionel Messi |  Soccer News – India TV

नेमारले बार्सा छाड्ने अप्रत्याशित निर्णय गर्दा बार्साका समर्थक नेमारसँग रुष्ट बनेका थिए।

सन् २०१७ मा नेमार २२२ मिलियन युरोमा सर्बाधिक महँगो फुटबलर बन्दै पीएसजी अनुबन्ध भएका थिए।

नेमार र मेस्सीले फेरि सँगै खेल्ने इच्छा व्यक्त भइरहेको समयमा बार्साको प्रमुखका उम्मेदवार फार्रेको भनाइलाई चासोका साथ हेरिएको छ।

फार्रेले मेस्सी र नेमारलाई बार्सिलोना क्लबको ब्रान्ड बनाउने आफ्नो इच्छा भएको बताएका छन्। नेमारले बार्सामा अनुबन्ध भएको खण्डमा बार्साको नियमहरुलाई भने पछ्याउनु पर्ने पनि उनको सर्त रहेको छ। गोलडटकम

Barca presidential candidate Farre insists he would keep Messi - France 24जोडी फार्रे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .