ad ad

राजनीति


प्रचण्ड–नेपाल समूहले बनायो श्रेष्ठको नेतृत्वमा २ हजार ५०१ सदस्यीय संघर्ष समिति

प्रचण्ड–नेपाल समूहले बनायो श्रेष्ठको नेतृत्वमा २ हजार ५०१ सदस्यीय संघर्ष समिति

नेपालखबर
पुस ९, २०७७ बिहिबार १०:३,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल नेतृत्वको केन्द्रीय समिति बैठक सकिएको छ।

बिहीबार दिउँसो बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको सो समूहको केन्द्रीय समिति कैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २ हजार ५०१ सदस्यीय संघर्ष समिति बनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदविरुद्ध संघर्षका लागि सो समिति बनाइएको नेकपाले जानएको छ।

यस्ता छन् संघर्षका अन्य कार्यक्रम
१० गते ९ः३० बजे सबै केन्द्रीय सदस्य, सासंदहरू लगयत माइतीघर मण्डलामा जम्मा भएर १२ बजे निर्बाचन आयोगमा जाने। दिउसो २ बजे पत्रकार सम्मेलन।
–१ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने ।
–१४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने ।
–१२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने ।
–१४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्द आन्दोलन ।
–२० गतेभित्र नगर÷गाउॅपालिकासम्म बैठक, भेला गर्ने ।
–२५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने ।
–काठमाडौँ लगायतका शहरहरूमा प्रतिगमनकाविरूद्द दैनिक आन्दोलन गर्न ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .