प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेका १३ रिटको आज (शुक्रबार) संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गराएपछि त्यसविरुद्ध परेका १२ रिटको बुधबार प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सबै रिट संवैधानिक इजलासमा पठाएका हुन्।
संविधानको धारा ७६ (७) को संवैधानिक व्याख्या आवश्यक रहेको भन्दै उनको एकल इजलासले सबै रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो।
अधिवक्ता सन्तोष भण्डारीले दर्ता गराएकाे अर्को रिट पनि गरेर संवैधानिक इजलासमा अहिले संसद् विघटनविरुद्ध १३ रिट छन्।
प्रधानमन्त्री ओलीले यही पुस ५ गते बिहान गरेकाे सिफारिसबमाेजिम राष्ट्रपति विद्यादेवी भण्डारीले त्यही दिन दिउँसाे प्रतिनिधिन सभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि चुनाव घाेषणा गरेकी हुन्।
संविधानको व्यवस्थाविपरीत संसद् विघटन गरिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध सर्वाेच्च अदालतमा १३ वटा रिट दायर भएका हुन्।
प्रतिक्रिया