ad ad

राजनीति


ओली कदमविरुद्ध सडकमा उत्र्यो प्रचण्ड-नेपाल पक्ष

ओली कदमविरुद्ध सडकमा उत्र्यो प्रचण्ड-नेपाल पक्ष

नेपालखबर
पुस १०, २०७७ शुक्रबार ५:०,

संसद् विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल पक्षले आन्दोलन सुरु गरेको छ।

काठमाडौंको माइतीघरबाट ‘हामी जिउँदै छौं’ लेखिएको प्लेकार्डसहित नेकपा नेता/कार्यकर्ताले शुक्रबार बिहान प्रदर्शन सुरु गरेका हुन्। 

विराेधमा अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायत शीर्ष नेता सहभागी छन्।

माइतीघर मण्डलामा भेला भएर नेकपाका याे पक्षका सबै केन्द्रीय सदस्य निर्वाचन आयोगमा जाने र दिउँसाे २ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेकाे नेताहरुले बताएका छन्। 

बिहीबार बसेकाे प्रचण्ड-नेपाल नेतृत्वकाे नेकपा केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक ठहर गर्दै देशव्यापी आन्दोलन घोषणा गरेको हो।

याे पनि : प्रचण्ड-नेपाल समूहले बनायो श्रेष्ठको नेतृत्वमा २ हजार ५०१ सदस्यीय संघर्ष समिति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .