ad ad

राजनीति


माइतीघरदेखि निर्वाचन आयोगसम्म : नेकपा प्रदर्शनका सात झलक (फोटोफिचर)

माइतीघरदेखि निर्वाचन आयोगसम्म : नेकपा प्रदर्शनका सात झलक (फोटोफिचर)

प्रविन कोइराला
पुस १०, २०७७ शुक्रबार ५:५२,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्ष प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै सडक प्रदर्शनमा उत्रिएको छ।

प्रदर्शनमा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरु सहभागी छन्।

शुक्रबार निर्वाचन आयाेग पुग्नुअघि  बिहान माइतीघरमा केही बेरको धर्ना र प्रदर्शनपछि नेकपाको उक्त समूहले जुलुस निकालेकाे हाे।

‘असंवैधानिक संसद विघटन खारेज गर’, प्रतिगमनकारीहरु होसियार, ‘नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद’, ‘असंवैधिानिक ‘कू’ खारेज गर’, ‘विधिको शासन लागू गर’ लगायतका नारा उनीहरूले लगाएका थिए। 

निर्वाचन आयोग हिँडेको जुलुसलाई भने प्रहरीले जमलमै रोकेको छ। अहिले प्रचण्ड–नेपाल लगायतका नेताहरु आधिकारिक नेकपा आफू भएको दावी गर्दै निर्वाचन आयाेग पुगेका छन्।

prachanda makune protest 2
prachanda makune protest 3
prachanda makune protest 4
prachanda makune protest 5
prachanda makune protest 6
prachanda makune protest 7
prachanda makune protest 8

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .