प्रधान सेनापति पूर्णचन्द्र थापाले नवलपरासी जिल्लामा तैनाथ श्री राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय, श्री नं. २ वन तथा पर्यावरण सुरक्षा गण, श्री बटुकदल गण र भरतपुरमा तैनाथ श्री काली बहादुर गणको निरीक्षण भ्रमण गरेका छन्।
निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति थापाले उक्त गण, गुल्म तथा शिक्षालयको स्थलगत निरीक्षण, बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए।
साथै, उनले शनिबार (पुस ११गते) र १२ गते श्री सैनिक ईक्वाईन वृडिङ सेन्टर, भरतपुर लगायत अन्य युनिटहरुको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको छ।
75
Shares
प्रतिक्रिया