प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भन्दै प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रदेश २ मा १ हजार १ सदस्यीय संघर्ष समिति गठन गरेको छ।
जनकपुरमा बिहीबार सम्पन्न प्रचण्ड–नेपाल समुहको नेकपा प्रदेश कमिटीको बैठकले स्थायी समिति सदस्य एवं प्रदेश सह–ईन्चार्ज विश्वनाथ साहको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो।
संघर्ष समितिले प्रदेशका आठवटै जिल्ला, स्थानीय तह र वडाहरुमा संघर्ष समिति गठन गरी पुस १८ देखि २४ गतेसम्म आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने नवगठित समितिका संयोजक साहले बताए।
यसअघि नेकपाले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध संघर्ष गर्नका लागि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५ सय १ सदस्यीय संघर्ष समिति गठन गरिसकेको छ।
प्रतिक्रिया