ad ad

राजनीति


पूँजीको विकासका लागि सबै मान्छे श्रममा जोडिनुपर्छ : मन्त्री अर्याल

पूँजीको विकासका लागि सबै मान्छे श्रममा जोडिनुपर्छ : मन्त्री अर्याल

नेपालखबर
पुस १७, २०७७ शुक्रबार ६:२९,

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पूँजीको विकास गर्न सबै मान्छे श्रममा जोडिनुपर्ने बताएकी छन्।

थनेत प्लानेट फार्म प्राली थापागाउँ काठमाडौंको शुक्रबार उद्घाटन गर्दै मन्त्री अर्यालले पूँजीको विकास गरेर समाजवादमा जोडिनेका लागि श्रममा जोडिनु अनिवार्य भएको बताइन्।

‘अब सबै मान्छे श्रममा नजोडिइकन पूँजीको विकास गर्न सकिँदैन, पूँजीको विकास गर्दै समाजवादमा जोडिने हो’, मन्त्री अर्यालले भनिन्, ‘पूँजीको विकास गर्न सबै मान्छे श्रममा अनिवार्य रुपमा जोडिनुपर्छ।’

उनले किसानलाई सम्मान नगर्ने हिजोको प्रचलनलाई बदलेर अब श्रमलाई सम्मान गर्ने प्रवृत्तिको विकास गर्नुपर्ने बताइन्। ‘विगतमा श्रम गर्ने, खेतीकिसानी गर्ने मान्छेलाई सम्मान गर्ने प्रचलन थिएन। अब त्यो सोचलार्य बदलौँ’, उनले भनिन्, ‘श्रम र श्रम गर्ने मान्छेलाई सम्मान गरौं। श्रमिकलाई उत्साहित बनाउन सिकौं।’

विदेश गएर फर्किएका धेरै युवाहरु अहिले व्यवसायिक कृषि कर्ममा लागेको बताउँदै उनले बेरोजगार युवालाई पनि यसतर्फ आकर्षित गर्न आवश्यक रहेको बताइन्। ‘विदेश गएर आएका युवाहरुले त त्यहाँ देख्नुभयो, अनुभव गरेर स्वदेशमा आएर लागु गर्नुभएको छ’, मन्त्री अर्यालले भनिन्, ‘यहाँ पनि ठूलो संख्यामा युवाहरु ब्ेरोजगार हुनुहन्छ, ती युवाहरुलाई पनि हामीले व्यवसायिक कृषि कर्ममा आकर्षित गर्नुपर्नेछ।’

कृषकले उत्पादन गरेका वस्तुले बजार नपाउने समस्याको अन्त्य गर्न आफू भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहँदा सहकारीमार्फत बजार विकास कार्यक्रममार्फत कृषि बजारहरु सञ्चालन गरिएको स्मरण गर्दै उनले सरकारले केन्द्र, प्रदेश र स्थानीय ३ तहको बजारको परिकल्पना गरेको र छिट्टै लागू गरिने बताइन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कृषिमा यान्त्रिकीकरणको कार्यक्रम अगाडि बढाइएको बताउँदै उनले सरकारका कार्यक्रमहरुलाई सहयोग पु¥याउनेगरी विभिन्न संघसंस्थामार्फत गरिएको प्रयास सह्राहनीय रहेको बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .