ad ad

राजनीति


‘६४ प्रतिशतको प्रधानमन्त्रीले फेरि ताजा जनमतको कुरा गर्ने?’

 ‘६४ प्रतिशतको प्रधानमन्त्रीले फेरि ताजा जनमतको कुरा गर्ने?’

नेपालखबर
पुस २३, २०७७ बिहिबार ८:४३,

जनता समाजवादी पार्टीका राष्ट्रिय सभा सांसद मृगेन्द्रकुमार सिंह यादवले प्रधानमन्त्री ओलीले पार्टीको कलह व्यवस्थापन गर्न नसकेर प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेकपाको आन्तरिक कलहको मारमा सिंगो देश परेको बताए।

‘पार्टी विवाद मिलाउनु पर्दैन्थ्यो? संसदीय दलको नेता, ६४ प्रतिशतको समर्थन रे’, उनले भने, ‘जनताले दुईतिहाई मत दिएको आफू सरकार चलाउन नसक्ने अनि मुलुकलाई मारमा पार्ने?’ उनले पाएको मतको सदुपयोग गर्न नसक्नेले नयाँ जनमतको कुरा गर्न नमिल्ने बताए।

उनले कोरोनाको त्रास, अर्थतन्त्रको अवस्था नाजुक रहेका बेला निर्वाचन भनेर नेपाली जनतामाथि थप आर्थिक भार थोपर्ने काम हुन लागेको बताए।

उनले प्रधानमन्त्रीमाथि षड्यन्त्र भएको भए प्रतिनिधि सभाबाट विश्वासको मत लिने विकल्प रहँदा रहँदै पनि संसद विघटन गरेर घरमा आगो लगाउने काम गरेको बताए।

उनले प्रधानमनत्री ओलीले राम्रो काम गर्दा १ जना सांसद पनि विपक्षमा नउभिएको बताए। उनले यो कदम फिर्ता लिन प्रधानमन्त्री ओलीलाई आग्रह समेत गरे। 

उनले उखु किसानको पैसा तुरुन्त दिलाउन सरकारसँग माग समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .