ad ad

राजनीति


सांसद बिडारीको माग : संविधान मस्यौदा कार्यदलमा बोलेका कुराको रेकर्ड यहाँ बजाइयोस्

सांसद बिडारीको माग : संविधान मस्यौदा कार्यदलमा बोलेका कुराको रेकर्ड यहाँ बजाइयोस्

नेपालखबर
पुस २३, २०७७ बिहिबार ८:४५,

राष्ट्रिय सभा सांसद रामनारायण बिडारीले संविधान मस्यौदा गर्दा गठन गरिएको मस्यौदा कार्यदलको बैठकमा भएका कुराकानीको टेप रेकर्डर राष्ट्रिय सभामा बजाउन माग गरेका छन्।

‘कांग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा रहेको संविधान मस्यौदा समितिले १५ सदस्यीय मस्यौदा कार्यदल बनाएको थियो, त्यो कार्यदल म एकजना थिएँ र पाँच जनाको विज्ञ टोली बनाएको थियो, त्यसमा पनि म थिएँ,’ बिडारीले बिहीबारको राष्ट्रिय सभा बैठकमा भने, ‘त्यहाँ अहिलेको प्रधानमन्त्री केपी शर्मा ओली बारम्बार त्यहाँ आउनुहुन्थ्यो, संविधान सभा अध्यक्ष सुवास नेम्वाङ त्यहाँ आउनुहुन्थ्यो, त्यहाँ भएका कुराको टेप रेकर्डरलाई यो सदनमा बजाइयोस्।’

त्यसबाट धेरै कुरा स्पष्ट हुने उनले बताएका छन्।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संवैधानिक कि असंवैधानिक भनी बहस् भइरहेका बेला संविधानविद् तथा सांसद बिडारीले राष्ट्रिय सभा बैठकमा सो आवाज उठाएका हुन्।

प्रधानमन्त्रीको सनकका भरमा प्रतिनिधि सभा विघटन हुन सक्दैन भनेर त्यहाँ जानेसम्मको राम्रो भाषामा संविधानमा लेखिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .