ad ad

राजनीति


क्यापिटल हिलमा गरिएको आक्रमणबाट अमेरिकी मान्यतामै प्रहार : राजदूत बेरी

क्यापिटल हिलमा गरिएको आक्रमणबाट अमेरिकी मान्यतामै प्रहार : राजदूत बेरी

नेपालखबर
पुस २७, २०७७ सोमबार १६:३५,

नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकी संसदमा केहि दिन पहिले भएको हिंसात्मक घटनाले अमेरिकी मुख्य मान्यतामाथि प्रहार गरेको बताएका छन्।

बेरीले कानुनहिनता, हिंसा तथा राजनीतिक प्रतिद्वन्द्वीविरुद्धको धम्की अस्वीकार्य रहेको र त्यस्ता गतिबिधि अमेरिकाको आधारभूत सिद्धान्तसँग मेल नखाने बताएका छन्।

‘शान्तिपूर्ण शक्ति हस्तान्तरण कुनै पनि प्रजातन्त्रको विशिष्टता हो,’ उनले भनेका छन्, ‘कानुनहिनता, हिंसा तथा राजनीतिक प्रतिद्वन्द्वीविरुद्को धम्की अस्वीकार्य छ र यो अमेरिकाको आधारभूत सिद्धान्तसँग मेल खाँदैन।’

जनवरी ६ का दिन राष्ट्रपति निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले त्यहाँको संसद भवनमा प्रवेश गरी तोडफोड गरेका थिए।

सो दिन अमेरिकी राष्ट्रपति निर्वाचनको परिणामलाई सांसदले अनुमाेदन गर्ने कार्यक्रम थियो। हिंसात्मक प्रदर्शनका कारण सांसदको कार्यक्रम केही समयका लागि रोकिएपनि पछि परिस्थिति नियन्त्रणमा लिएर सम्पन्न गरिएको थियो।

उनले संसदमा भएको घटनाले आफू स्तब्ध र दुःखी भएको बताएका छन्।

‘गतसाता, तपाईहरु जस्तै म पनि अमेरिकी सांसद क्यापिटल हिलमा राष्ट्रपति निर्वाचनलाई पुष्टी गर्न संवैधानिक जिम्मेवारी निर्वाह गर्ने बैठकमा भएको आक्रमणले स्तब्ध र दुःखी भएको छुु’ उनले सोमबार भनेका छन्।

अमेरिका अस्तित्वमा आएको २ सय ४४ वर्षमा पटक पटक आफूलाई पूर्ववत् अवस्थामा पुर्‍याएको बताउँदै राजदूत बेरीले भनेका छन्, ‘आफ्नो इतिहासलाई कामय राख्दै सन् २०२१ जनवरी ६ का दिनको क्यापिटल भवनमा भएको हिंसात्मक प्रवेशपछिको केही घण्टापछि नै सांसदहरुले क्यापिटल हिलमा हाम्रो लोकतन्त्रलाई सरक्षण गरेका छन्।’

गत नोभेम्बरको पहिलो साता भएको अमेरिकी निर्वाचनमा राष्ट्रपति ट्रम्पलाई डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले पराजित गरेका थिए।

तर ट्रम्पले चुनावमा धाँधली गरिएको आरोप लगाउँदै नतिजा स्वीकार गर्न मानिरहेका छैनन्। तर उनले कुनै ठोस प्रमाण भने प्रस्तुत गर्न सकेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .