प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता देव गुरुङ सर्वोच्च अदालत पुगेका छन्।
प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइमा सहभागी हुन रिट निवेदकमध्येका एक गुरुङ सर्वोच्च अदालत पुगेका हुन्।
नेकपाले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको बृहत पूर्ण इजलासमा हुनुपर्ने माग गर्दै आएका छ।
नेकपा नेता कृष्णभक्त पोखरेलले आफूहरुको माग बृहत् पूर्ण इजलासमा उक्त रिटमाथि हुनुवाई होस् भन्ने रहेको बताए। उनले सुनुवाइमा नेकपाका तर्फबाट पालैपालो सहभागी हुने बताए।
उनले आजको सुनुवाइमा नेता गुरुङ सुनुवाइमा सहभागी भएको र अवका सुनुवाइमा पालैपालो सहभागी हुने जानकारी दिए।
‘सुनुवाइमा सहभागी हुन नेता देव गुरुङ सर्वोच्च जानुभएको हो’, नेपालखबरसँग पोखरेलले भने, ‘अबका सुनुवाइमा हामी पालैपालो सहभागी हुन्छौँ।
बुधबारबाट उक्त रिटमाथि संवैधानिक इजलासमा निरन्तर सुनुवाई हुँदैछ।
यसअघिको सुनुवाईमा रिट निवेदक वकिलहरुमात्र सहभागी हुँदै आएका थिए।
प्रतिक्रिया