ad ad

राजनीति


कार्यकाल सम्हालेको पहिलो दिनमै ट्रम्पको दर्जनौं नीति र आदेश उल्ट्याउँदै बाइडेन

कार्यकाल सम्हालेको पहिलो दिनमै ट्रम्पको दर्जनौं नीति र आदेश उल्ट्याउँदै बाइडेन

नेपालखबर
माघ ४, २०७७ आइतबार ६:४२,

यसैहप्ताको बुधबार अर्थात् जनवरी २० मा बाइडेनले राष्ट्रपतिको शपथ ग्रहण गर्दैछन्।

कार्यकाल सम्हालेको पहिलो दिन नै बाइडेनले पेरिस जलवायु सम्झौतामा पुनः आवद्ध हुने घोषणा गर्नेछन् भने उनले मुश्लिम देशहरुमाथि लगाइएको भ्रमण प्रतिबन्ध फुकुवा गर्नेछन्।

यसअघि ट्रम्पले पेरिस जलवायु सम्झौताबाट अमेरिका अलग्गिएको घोषणा गरेसँगै उनको चर्को आलोचना भएको थियो। जिम्मेवार देश वैश्विक मुद्दाबाट भाग्न नुहने आवज उठेको थियो।

ट्रम्पले सन् २०१७ मा कार्यकाल सम्हाले लगत्तै उनले मुख्य एजेन्डाको रुपमा मुश्लिम देशहरुमाथि भ्रमण प्रतिबन्ध लगाएका थिए। उनले मुश्लिमहरुलाई अमेरिका प्रवेशमा कडाइ गरेका थिए। मुश्लिम देशबाट आतंकावदी भित्रिने सम्भावना भएको ट्रम्पको भनाइ थियो।

बाइडेनले यी मुख्य दुई ट्रम्पका नीति र योजनालाई राष्ट्रपति पद सम्हालेको पहिलो दिन नै उल्ट्याउनेछन्। साथै सोही दिन अन्य दर्जनौं नीति र योजना पनि उल्ट्याउने बाइडेनको योजना भएको सीएनएनले जनाएको छ।

ट्रम्पले कोरोना कहरबीच विश्व स्वास्थ्य संगठनबाट अमेरिका अलग्गिने पनि बताएका थिए। साथै ट्रम्प चीनप्रति निकै कट्टर बन्दै आएका थिए।

चीनको विषयमा भने बाइडेन नरम नहुने विश्लेषण गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .