ad ad

राजनीति


प्रचण्ड–नेपाल पक्षको माइतीघरमा धर्ना (तस्बिरहरु)

प्रचण्ड–नेपाल पक्षको माइतीघरमा धर्ना (तस्बिरहरु)

प्रविन कोइराला
माघ १४, २०७७ बुधबार ९:६,

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विघटित प्रतिनिधि सभाका सांसदलगायत नेताहरुले बुधबार माइतीघर मण्डलामा धर्ना दिएका छन्।

सो धर्नामा नेकपा स्थायी समिति सदस्यहरु अष्टलक्ष्मी शाक्य, देव गुरुङ, पम्फा भुसाल, हरिबोल भट्टराईलगायत पूर्वसांसद तथा नेताहरु सहभागी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते हठात् प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ नेकपा राजनीतिकरुपमा विभाजित भई बनेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा अहिले विघटनविरुद्ध आन्दोलित छ।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले माघ १२ गते बसेको बैठकले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको थियो।

जसअनुसार माघ १४ देखि २१ गतेसम्म संघीय सभा तथा प्रदेश सभाका सांसदहरुले माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम तय गरिएको थियो।

सो पार्टीले माघ १५, १६ र १७ गते क्रमशः बुटवल, विराटनगर र धनगढीमा विरोध प्रदर्शन गर्ने जनाएको छ।

त्यसैगरी, सो पार्टीले माघ २८ गते काठमाडौंमा पुनः विरोध प्रदर्शन तथा सभा गर्ने निर्णय पनि गरेको छ।

Maitighar SamsadDharna 1 1
Maitighar SamsadDharna 2 1
Maitighar SamsadDharna 4a
Maitighar SamsadDharna 5a
Maitighar SamsadDharna 6a

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .