ad ad

राजनीति


प्रचण्ड–नेपाल व्यस्त भएको भन्दै नेकपाले माग्यो निर्वाचन आयोगसँग थप समय

प्रचण्ड–नेपाल व्यस्त भएको भन्दै नेकपाले माग्यो निर्वाचन आयोगसँग थप समय

नेपालखबर
माघ १६, २०७७ शुक्रबार ६:२४,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका दुवै अध्यक्ष बाहिर रहेको भन्दै १८ गतेपछि मात्रै छलफल गराउनका लागि निर्वाचन आयोगलाई अग्रह गरेको छ।

शुक्रबार पार्टीको पत्रसहित निर्वाचन आयोग पुगेर नेकपाका नेताहरुले यस्तो आग्रह गरेका हुन्।

नेकपा नेताहरु राजेन्द्र पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधान निर्वाचन आयोग पुगेर माघ १८ गतेपछि मात्र छलफल गर्न माग गरेका हुन।

उनीहरुले दुवै अध्यक्ष उपत्यकाबाहिर रहेका कारण प्रतिनिधि मनोनयन गर्ने अवस्था नरहेको र अध्यक्षद्वयले आफैँ उपस्थित भएर छलफल गर्न चाहेका कारण केही दिन समय सारिदिन आग्रह गरेका हुन्।

निर्वाचन आगोगलाई पत्र बुझाएपछि नेता पाण्डेले १८ गतेसम्म अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल दुबै उपत्यका बाहिर राजनीतिक कार्यक्रममा व्यस्त रहेको र आयोगले गर्ने छलफलमा अध्यक्ष स्वयम् उपस्थित हुन चाहेकाले शुक्रबारको छलफल सार्न आग्रह गरेको बताए।

बिहीबार पत्र काटेर आयोगले निर्वाचनको प्रयोजनका लागि नेकपाका दुवै समूहका अध्यक्ष वा अध्यक्षले तोकेका ५/५ जनालाई शुक्रबार बिहान साढे ११ बजे छलफलका लागि बोलाएको थियो।

No description available. 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .