ad ad

राजनीति


प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघरमा धर्ना बसे प्रचण्ड–नेपाल (तस्बिरसहित)

प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघरमा धर्ना बसे प्रचण्ड–नेपाल (तस्बिरसहित)

प्रविन कोइराला
माघ १८, २०७७ आइतबार ६:३९,

प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा जारी धर्नामा आज (आइतबार) नेकपाका शीर्ष नेताहरु पनि सहभागी भएका छन्।

आइतबार नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगाएतका नेताहरु पनि धर्नामा बसेका छन्।

 पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै नयाँ निर्वाचनको मिति घोषणा गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूहले उक्त कदम संविधान विपरीत रहेको भन्दै सडक संघर्षमा उत्रिएको छ।

dharnamaitighar1

प्रधानमन्त्री ओलीको असंवैधानिक कदम खारेजीको माग गर्दै प्रचण्ड–नेपाल समूहका संघीय एवं प्रदेश सांसद् तथा तत्कालीन संविधान सभाका सदस्य ४ दिनदेखि माइतीघरमा धर्नामा छन्।

dharnamaiti12

अध्यक्षद्वय प्रचण्ड–नेपाल उपत्यका बाहिरको कार्यक्रममा वयस्त भएका कारण यसअघि उक्त धर्नामा सहभागी भएका थिएनन्।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीको कदमविरुद्ध माघ २८ गते काठमाडौंमा ‘अहिलेसम्मकै ठूलो’ विरोध सभा गर्ने तयारी गरेको छ।

maitighardhar3

maitighardh123

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .