ad ad

राजनीति


ताइवानले भन्योः चिनियाँ र अमेरिकी विमानहरु हाम्रो हवाई क्षेत्रमा घुसे

ताइवानले भन्योः चिनियाँ र अमेरिकी विमानहरु हाम्रो हवाई क्षेत्रमा घुसे

नेपालखबर
माघ १९, २०७७ सोमबार ८:१७,

आतइबार आफ्नो हवाई रक्षा क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाका सात र अमेरिकाको एक जासुसी विमान घुसेको ताइवानको रक्षा मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार दक्षिण चीन सागरस्थित ताइवान नियन्त्रित प्राटस टापुमा चीनका वाई–८ जासुसी विमान, जे–१० युद्धक विमान र जे–११ बम्बर विमान देखिएका थिए भने अमेरिकाको एक जासुसी विमान पनि सोही क्षेत्रमा देखा परेको थियो।

गत सेप्टेम्बर महिनायता पहिलोपटक अमेरिकी विमान ताइवानको हवाई क्षेत्रमा देखिएको जनाइएको छ।

ताइवानले आइतबार नै चिनियाँ जनमुक्ति सेनाका विमानलाई चेतावनी दिन रेडियो सिग्नल पठाएको पनि बताएको छ। यतिबेला ताइवानले सो क्षेत्रमा चिनियाँ विमानको निगरानी राख्न क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको पनि बताएको छ।

अमेरिकी विमानको विषयमा भने ताइवानले थप जानकारी दिएको छैन।

स्वशासित ताइवानलाई पछिल्लो समय चीनले दबाब बढाइरहेको छ। यस क्रममा चिनियाँ युद्धक विमानहरु ताइवानको हवाई क्षेत्रमा दोहोरिँदै घुस्न थालेका हुन्।

चीनले आफ्नो भूमि भएको दाबी गर्ने तााइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँदै आएको छ।

तर ताइवानलाई आफ्नो प्रान्त मान्ने चीनले आफूले चाहेमा उक्त क्षेत्रलाई आक्रमण गरेरै कब्जा गर्नसक्ने बताउँछ।

यसबीचमा ताइवानले अमेरिकाबाट चिनियाँ खतरासँग जुध्न भन्दै अत्याधुनिक हतियार खरिद गर्ने सम्झौताहरु गरेको छ। यस कार्यले चीन अमेरिकासँग थप चिढिएको छ।

आफूलाई स्वतन्त्र राष्ट्र भएको बताउने ताइवानको आफ्नै संविधान, सेना र निर्वाचित सरकार छ। ताइवानकी राष्ट्रपति साइ इंग–वेनले दोहोर्याउँदै चिनियाँ प्रणाली आफ्नो देशमा नचल्ने बताउँदै आएकी छिन्।

अमेरिकाको नयाँ सरकारले त्यसमाथि ताइवानलाई समर्थन गर्ने प्रतिवद्धता जनाएपछि चीन रुष्ट बनेको छ।

हालै अमेरिकालाई इंगित गर्दै चीनले स्वतन्त्र ताइवानको कुनै पनि प्रयासले युद्ध निम्तिने चेतावनी दिएको थियो।

चीन र ताइवानबारे तथ्य

–सन् १९४९ मा समाप्त भएको चिनियाँ गृहयुद्धपछि नै चीन र ताइवानको अलग–अलग सरकार छ। बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिहरु सीमित गर्न खोजिरहेको छ। उनीहरु दुबै प्रशान्त क्षेत्रमा प्रभावशाली बन्न चाहन्छन्।

–बेइजिङले यस टापु फिर्ता लिन शक्ति प्रदर्शन गरिरहेको छ। तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँछ। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ। त्यसकारण हालका वर्षहरूमा यहाँ तनाव बढेको छ।

–ताइवानलाई थोरै राष्ट्रहरुले मात्र मान्यता दिएको छ। ताइवानलाई साथ दिने अमेरिकाले ताइवासँग स्वतन्त्र कुटनीतिक सम्बन्ध जोडेको छैन। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .