ad ad

राजनीति


प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले महासचिव विष्णु पौडेललाई पार्टीबाट हटायो

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले महासचिव विष्णु पौडेललाई पार्टीबाट हटायो

नेपालखबर
माघ १९, २०७७ सोमबार १०:२०,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले पार्टी महासचिव विष्णु पौडेललाई पार्टीबाट हटाएको छ।

आज बसेको केन्द्रीय समितिको बैठकले पौडेललाई महासचिव पदबाट हटाउने निर्णय गरेको हो।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सोमबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने यसअघि स्थायी समितिले गरेको निर्णय अनुमोदन पनि गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध भएको दुई चरणको कार्यक्रम सफल भएको समीक्षा गर्दै तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने र निर्वाचन आयोगमा लिखित जवाफसहित पार्टीको आधिकारिकताको दावी गर्दै आयोगलाई पत्र लेख्ने पनि निर्णय गरेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .