ad ad

राजनीति


‘ज्ञानेन्द्रको शाही आयोगलाई असंवैधानिक ठहर गरेको सर्वोच्चले ओलीको कदम पनि सच्याउने विश्वास छ’

‘ज्ञानेन्द्रको शाही आयोगलाई असंवैधानिक ठहर गरेको सर्वोच्चले ओलीको कदम पनि सच्याउने विश्वास छ’

नेपालखबर
माघ १९, २०७७ सोमबार ११:१२,

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्रपथमा लागेको आरोप लगाएका छन्।

काठमाडौंमा आयोजित विरोध सभामा बोल्दै उनले संसदमा विश्वासको मत लिने आँट नगर्ने ओली ज्ञानेन्द्र पथमा रहेको बताएका हुन्।

नेता सिंहले आम नेपाली जनताले सडकबाट दबाब दिएपछि ओलीको होस खुल्ने बताउँदै उनले ज्ञानेन्द्रले नारायणहिटी छोडेर गएजस्तै ओलीले बालुवाटार छोड्नुपर्दा होस खुल्ने दाबी गरे।

राजाको पालामा शाही आयोगलाई असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले अहिलेको ओलीको कदमलाई पनि सच्याउने विश्वास व्यक्त गरे।

ओली सरकारले हुँदै नभएको अधिकारलाई दुरूपयोग गरेर, जनभावनाविपरीत संविधान कुल्चेर संसद विघटन गरेको नेता सिंहको दाबी छ।

उनले ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र बदनियतपूर्ण बताउँदै यसले लोकतन्त्रमाथि प्रहार भएको उल्लेख गरे।

संविधान मिचेर निर्वाचनको ललिपप देखाएको आरोप लगाउँदै नेता सिंहले भएको संविधान मिचेर अन्तर्राष्ट्रिय अभ्यासको पाठ सिकाउँदै हिड्न गलत भएको बताए। प्रतिनिधिसभा सामना गर्ने हिम्मत नभएका ओलीले जनता छक्याउन निर्वाचनको बहान रचेको उनको भनाइ छ।

ओलीले आफू तानाशाह बन्नका लागि प्रतिनिधिसभा भङ्ग गरेको नेता सिंहको जिकिर छ।

संविधानको विशेषता शक्ति सन्तुलन भएकाले यसलाई यसलाई सुधार गरी चेक एण्ड ब्यालेन्समा राख्ने काम न्यायपालिकाको भएको नेता सिंहको भनाइ छ। सरकारले सत्तामा पुगेपछि आसेपासे पोस्ने गरेको आरोप लगाउँदै उहाँले नेकपालाई नामको मात्र कम्युनिस्ट पार्टी भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .