भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ एवं पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुःख प्रकट गरेका छन्।
नेपाल भारत सम्बन्ध सुदृढ तुल्याउन उनको महत्त्वपूर्ण भूमिका रहेको भन्दै थापाले विगतको कठिन समयमा दुई देश बीचको सम्बन्ध बिग्रन नदिन उनले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।
अध्यक्ष थापाले समकक्षीको रुपमा सुष्मा स्वराजसँग गरेको सहकार्यको स्मरण पनि गरेका छन्। उनले दिवंगत नेत्री स्वराजप्रति श्रद्धाञ्जली अर्पण गर्दै भारतीय जनता पार्टी र भारतीय जनता प्रति समवेदना प्रकट गरेका छन्।
भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको मंगलबार राति ह्दयघातका कारण निधन भएको थियो।
3
Shares
प्रतिक्रिया