ad ad

राजनीति


शेखरको प्रश्न : महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर ओलीले के सन्देश दिन खोजेका हुन?

शेखरको प्रश्न : महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर ओलीले के सन्देश दिन खोजेका हुन?

नेपालखबर
फागुन ३, २०७७ सोमबार १२:५२,

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबारको गेट र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर के सन्देश दिन खोजेका हुन्? भन्दै प्रश्न गरेका छन्।

‘के महाराजा बन्न लालायित भएका हुन्?’ उनले प्रश्न गरे, ‘राजाहरुले झैँ म जे भन्छु त्यही कानुन हो भन्न खोजेको हो?’

राष्ट्रपतिले आफ्नो मर्यादा र गरिमा बिर्षेर नेकपा भित्र एउटा गुटको भूमिका निर्बाह गरेकाले मुलुक बर्बादीतर्फ लागेको उनले बताए। राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि अतिक्रमण गरेकाले कांग्रेस बाध्य भएर सडकमा आउन परेको उनको भनाई थियो।

सरकारको असंवैधानिक कदमको विरुद्धमा नेपाली कांग्रेस सुनसरीले धरानमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै नेता कोइरालाले आफूहरुले संवैधानिक इजलासमा बस्ने न्यायाधीशहरुलाई दबाब अथवा आग्रह नगरेको बताए।

‘संवैधानिक इजलासमा बसेर संविधानको व्याख्या गर्ने न्यायमुर्तिहरुले आफ्नो विवेक नगुमाई निर्णय गर्नुहुन्छ भन्ने कुरामा हामी बिस्वस्त छौं’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .