ad ad

राजनीति


नवनियुक्त प्रदेश प्रमुख झाले लिए शपथ, उपराष्ट्रपति र सभामुख अनुपस्थित

नवनियुक्त प्रदेश प्रमुख झाले लिए शपथ, उपराष्ट्रपति र सभामुख अनुपस्थित

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार १२:३१,

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन्।

शुक्रबार साँझ शीतलनिवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख झालाई पद तथा गोपनियताको शपथग्रहण गराएकी हुन्।

शपथग्रहणसमारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए भने उपपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा भने अनुपस्थित थिए।

शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रदेश २ प्रमुख परियारलाई हटाएर नयाँ प्रदेश प्रमुखमा झालाई नियुक्त गरेकी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .