ad ad

राजनीति


वर्तमान राष्ट्रपति भण्डारीको आलोचना गरेका पूर्वराष्ट्रपति यादवलाई संग्रौलाको प्रश्न

वर्तमान राष्ट्रपति भण्डारीको आलोचना गरेका पूर्वराष्ट्रपति यादवलाई संग्रौलाको प्रश्न

नेपालखबर
फागुन ८, २०७७ शनिबार ९:१,

लेखक एवं नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले पूर्वराष्ट्रपति रामवरण यादवप्रति प्रश्न उठाएका छन्।

पूर्वराष्ट्रपति यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र मास्न लागेको भनेर आलोचना गरेपछि साहित्यकार संग्रौलाले पूर्वराष्ट्रपति यादवले पनि आफ्नो कार्यकालमा गलत कदम चालेको आरोप लगाएका हुन्।

‘पहिलेका राष्ट्रपति रामवरण यादवले अहिलेकी राष्ट्रपति विद्या भण्डारीका कदमले लोकतन्त्रमा ग्रहण लाग्यो भनेछन्,’ संग्रौलाले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्, ‘स्वेच्छाचारी जर्नेल रूक्माङ्द कटवालको बर्खास्तीलाई बदर गरेर लोकतन्त्रमा ग्रहण लगाउन आफूले सुरु गरेको विषयमा चाहिँ यी भूपू राष्ट्रपति यादव के भन्दा हुन्?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .