ad ad

राजनीति


नेम्वाङले भने : अदालतबाट समर्थन हुन्छ भन्नेमा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ

नेम्वाङले भने : अदालतबाट समर्थन हुन्छ भन्नेमा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ

नेपालखबर
फागुन ८, २०७७ शनिबार ९:९,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आफूलाई साह्रै विश्वास रहेको बताएका छन्।

शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले प्रतिनिधि सभा पुनस्र्थापना हुँदैन भन्नेमा प्रधानमन्त्री ओली २ सय प्रतिशत विश्वस्त रहेको र आफू प्रधानमन्त्रीप्रति विश्वस्त रहेको बताएका हुन्।

‘प्रधानमन्त्री सयमा दुई सय प्रतिशत संसदको विघटन फिर्ता हुँदैन, अदालतबाट समर्थन हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ’, उनले भने, ‘प्रधानमन्त्रीज्यूमाथि मलाई साह्रै विश्वास छ, हामीलाई साह्रै विश्वास छ।’

उनले अहिले देशै निर्वाचनमय भएको भएको बताए। उनले विपक्षमा रहेका दलहरु पनि वडा तहसम्म चुनाव चिन्ह लिएर प्रचार गर्दै हिँडेको बताए।

उनले नेकपाको प्रचण्ड–नेपाल समूह पनि देशैभर पुगेर आफ्ना कुरा राखिरहेको बताउँदै उनीहरुले पनि चुनावको तयारी गरिरहेको बताए।

उनले सर्वोच्च अदालतले फैसला गरेको भोलिपल्ट भोट माग्दै विज्ञप्ति निकाल्ने बताए।

यस्ता छन् नेम्वाण्को भाषणका प्रमुख बुँदाहरु
राष्ट्र, राष्ट्रियता र स्वाधीनतामा ओली अडिग हुनुहुन्छ।

जनतामा जाने प्रधानमन्त्रीको निर्णय सही छ।

अदालतले छिट्टै फैसाला दिन्छ, त्यसपछि सबै चुनावमा लाग्नुहुन्छ।

अब आन्दोलन आवश्यक छैन, जनताको मन जितेर आउनुहोस्।

ओलीकै नेतृत्वमा नयाँ नक्सामा सर्वसहमति भएको हो।

प्रधानमन्त्रीले विारटनगरबाट शुभ समाचार दिँदै हुनुहुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .