आइतबार माल्दिभ्सको अर्थ मन्त्रालय र भारतको एक्सपोर्ट इम्पोर्ट बैंकबीच यस सम्झौता भएको हो।
भारतका विदेशमन्त्री एस जयशंकरले माल्दिभ्सका रक्षामन्त्री मारिया डिडी, अर्थमन्त्री इब्राहिम आमिर, आर्थिक विकास मन्त्री फय्याज इस्माईल र राष्ट्रिय योजना, आवास तथा पूर्वाधार मन्त्री मोहम्मद अस्लमसँग वार्ता गरेपछि यस सम्झौतामा हस्ताक्षर भएको हो।
एनडीटीभीका अनुसार समुद्री क्षमता बलियो बनाउन साथै समुद्री क्षेत्रको रक्षा शक्ति बढाउन भारत र माल्दिभ्सले सम्झौता गरेका हुन्।
दुई दिने भ्रमणका लागि माल्दिभ्स पुगेका एस जयशंकरले भारत र माल्दिभ्सबीच रक्षा सम्झौता भएसँगै ट्विटमा भनेका छन्,‘भारत माल्दिभ्सको सँधै भरपर्दो रक्षा साझेदार रहनेछ। दुवै देशबीच उपयोगी रक्षा सहकार्य भयो।’
— Dr. S. Jaishankar (@DrSJaishankar) February 21, 2021Glad to sign with Defence Minister @MariyaDidi the UTF Harbour Project agreement. Will strengthen Maldivian Coast Guard capability and facilitate regional HADR efforts. Partners in development, partners in security. pic.twitter.com/dYhpVZDd7e
भारतका तर्फबाट विदेशमन्त्री जयशंकरले र माल्दिभ्सको तर्फबाट त्यहाँका रक्षामन्त्री मारिया डिडीले यस यूटीएफ हार्बोर प्रोजेक्ट एग्रिमेन्टमा हस्ताक्षर गरेका थिए।
उनले अर्को ट्विटमा भनेका छन्,‘सम्झौताले माल्दिभ्सको तट रक्षा क्षमतालाई बढाउनेछ र मानवीय सहायता र प्रकोप राहतजस्ता क्षेत्रीय सुविधामा सहयोग गर्नेछ।’
त्यहाँकी रक्षामन्त्री डिडीले भारतका विदेशमन्त्रीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताएकी छिन्।
Shares
प्रतिक्रिया